PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

धुलो दुध भन्नुस् ह्वाइटनर होइन : प्रधानमन्त्री ओली, 'हरेक दिन देश एक कदम अगाडि बढिरहेको छ'



पहिलोपोस्ट

धुलो दुध भन्नुस् ह्वाइटनर होइन : प्रधानमन्त्री ओली, 'हरेक दिन देश एक कदम अगाडि बढिरहेको छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन देश एक कदम अघि बढिरहेको बताएका छन्। ललितपुरको स्टाफ कलेजमा पशुपन्छीजन्य उत्पादनहरुमा आत्मनिर्भरता' घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पशुपंक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर हुनु देश एक कदम अगाडि बढ्नु भएको बताए।

'हामी एक क्षेत्रमा एक कदम देशलाई अगाडि बढाउन सक्यौं भन्ने हो। यो उपलब्धी राष्ट्रिय उपलब्धी हो। कसैले बढि कसैले कम योगदान गरेका होलान,' उनले भने। ओलीले विकास निर्माणका हिसाबले देश हरेक दिन अघि बढिरहेको बताए।

'देश हरेक दिन एक कदम अगाडि बढेकै हुनुपर्छ। बाटा घाटा, पुल, हवाइजहाज, आइटीको क्षेत्र वा अरु क्षेत्रमा। उर्जा उत्पादन, पर्यटनको क्षेत्रमा। हामी यी क्षेत्रमा लगातार अगाडि देखिने गरि अगाडि बढेका छौं,' उनले भने।

साधारण गतिबाट निर्माण अघि बढ्न नसकिने भन्दै ओलीले तीब्र गतिमा अगाडि बढनुपर्ने बताए। उनले वैदेशिक नेपालीमा समेत नेपालीलाई समस्या हुन थालेको बताए।

'हामी खाली बिक्ने भनेको केयर गिभरमा मात्रै हो। बुढाबुढीको सेवामा मात्रै। हामी वैदेशिक रोजगारीमा पनि बिक्ने अवस्था छैन। विदेश गएर कमाउछु भन्ने प्रचलन छोडे हुन्छ। वैदेशिक रोजगारी समाजको अभिन्न अंग बन्यो,' उनले भने।

ओलीले धुलो दुधलाई ह्वाइटनर भन्न नहुने बताए। धुलो दुध, तरल दुधभन्दा स्वास्थ्यका लागि राम्रो मानिने उनको तर्क छ। 'चियामा हालेपछि सेतो बनाउँछ। धुलो दुध भन्नुस् ह्वाइटनर होइन। गाइको भैँसीको दुधलाई मेसिनमा हालेपछि धुलो दुध बन्छ। यो दुध नै हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell