PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बलात्कारपछि हत्या गरिएकी भागरथीको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए मिल्यो : प्रहरी



एम बम

बलात्कारपछि हत्या गरिएकी भागरथीको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए मिल्यो : प्रहरी

कैलाली : बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डिएनए मेल खाएको छ।

हत्यापछि संकलन गरेर परीक्षणका लागि  नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको स्वाब मेल खाएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले जानकारी दिए। 'डिएनए मिलेको छ। अदालतमा थप कारवाही अगाडि बढ्छ,' उनले भने। 

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ बर्षीया भागरथी भट्टको माघ २२ गते गाउँ नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको थियो।

उनी अघिल्लो दिन विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन्। उनको बलात्कार पछि हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोर पुर्पक्षका लागि डोटीमा रहेको बाल सुधार गृहमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell