PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एक महिनादेखि बेपत्ता रहेका झा दम्पतीको शव गाडिएको अवस्थामा पर्‍यो फेला



सुमित मिश्र

एक महिनादेखि बेपत्ता रहेका झा दम्पतीको शव गाडिएको अवस्थामा पर्‍यो फेला

जनकपुरधाम : महोत्तरीमा दुई शव जमिनमा गाडिएको अवस्थामा फेला परेको छ। पिपरा गाउँपिलिका वडा नम्बर २ अतरार जाने बाटोमा जमिनमा पुरिएको अवस्थामा दुई शव फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। उनले एउटा शव महिला र अर्को पुरुषको रहेको बताए। 

दुई शव एक महिना अघि बेपत्ता भएका झा दम्पतीको रहेको अनुमान गरिएको छ। गत फागुन १० गते राति घरमा सुतिरहेकै अवस्थामा ओछ्यानसहित सरकारी जागिरबाट अवकास प्राप्त ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा बेपत्ता भएका थिए।महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाबाट झा दम्पती बेपत्ता भएका थिए। 

महोत्तरीका प्रहरी उपरीक्षक आचार्यका अनुसार आज फेला परेको शवको हुलिया झा दम्पती काे रहेकाे परिवारजनले पहिचान गरेकाो छ।आचार्यले भने शवको फोरेन्सिक परीक्षणपछि मात्रै थप कुरा सार्वजनिक हुने बताए।

झा दम्पती बेपत्ता भएको ४ सातापछि प्रहरीले चारजनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको थियो। प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र भारतको बिहार प्रान्त मधुवनी, थाना मधुवापुर, ग्रामपंचायत तरैया वडा नम्बर २ अनदौली घर भई हाल महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ बनौली चौक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता भएका दम्पतीको अवस्था सार्वजनिक गर्न नसकेपछि सीआइबीले अनुसन्धान थालेको २ दिन नबित्दै चारै जनालाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएको थियो।

प्रहरीको अनुसन्धानमा देखिएको घटनाको कारण

पक्राउ परेका भारतीय नागरिक हरेन्द्र ठाकुरले महोत्तरीको सहोडवा गाविस वडा नम्बर ६ स्थितको अं. १३ बिगाहा जग्गामा प्लटिङ गरेको, सो प्लटिङको उत्तर तर्फ हाल बेपता पारिएको मुसाफिर झाको १४ कट्ठा जग्गा रहेको, सो जग्गा भन्दा उत्तर तर्फ निज हरेन्द्र ठाकुरको हाल बाटो नभएको २ बिगा जग्गा रहेको, सो जग्गामा जान निज मुसाफिर झाको जग्गा हुँदै बाटो लैजान मुसाफिर झा को १४ कट्ठा जग्गा बिक्री गर्न भनी पटक-पटक दबाब दिएको पत्ता लागेको छ।

पटक-पटक सोही सम्बन्धमा हरेन्द्र ठाकुरले आफ्नो प्लटिङमा मुसाफिर झालाई बोलाउने गरेको पनि खुलेको छ। निजको जग्गामा बाटो नभएको कारण उक्त जग्गा खेतको भाउमा बिक्री हुने तर सोही जग्गा बाटो जोडी प्लटिङ गर्दा घडेरीको रूपमा उच्च मुल्यमा बिक्री हुने देखिएको छ।

पक्राउ परेका रामबाबु यादवको माध्यमबाट हरेन्द्रले प्लटिङको जग्गा खरिद गरेको र सो कारोबारमा हरेन्द्र र रामबाबु साझेदार रहेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ। सोही जग्गा बिक्री गर्न भनी रामबाबुले पनि पटकपटक मुसाफिर झा तथा उनकी श्रीमती गीता देवी झालाई दबाब दिएको देखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार : झा दम्पती बेपत्ता प्रकरण : पक्राउ परेका चार जनाको के छ घटनासँग सम्बन्ध?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell