PahiloPost

Jul 3, 2024 | २० असार २०८१

थ्री नेसन्स कप : कीर्गिस्तानविरुद्धको खेलमा सन्जोग र त्रिदेबले ‘डेब्यू’ गर्ने



पहिलोपोस्ट

थ्री नेसन्स कप : कीर्गिस्तानविरुद्धको खेलमा सन्जोग र त्रिदेबले ‘डेब्यू’ गर्ने

काठमाडौं : मंगलवारबाट काठमाडौंमा शुरु भएको थ्री नेसन्स कपमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल शुरु हुने छ।

कीर्गिस्तानविरुद्धको आजको खेलमा सन्जोग राई र त्रिदेब गुरुङले मिडफिल्डरको रुपमा ‘डेब्यू’ गर्ने भएका छन्। नेपाली टिमको हेड कोचमा बालगोपाल महर्जन रहेका छन् भने टिम म्यानेजर मधुसूदन उपाध्याय रहेका छन्।

प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजय ब्यहोरेको कीर्गिस्तान आजको खेलमा जित्नै पर्न दबाबमा उत्रने छ भने नेपाल पनि जित निकाल्दै फाइनल सुरक्षित गर्न चाहन्छ।

नेपाली टोली :

गोलकिपर - किरण चेम्जोङ

डिफेन्ड - रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी

मिडफिल्डर - त्रिदेब गुरुङ, तेज तामाङ, सन्जोग राई, रबिशंकर पासवान

फर्वार्ड्स् - अन्जन विष्ट, अभिशेक रिजाल

सब्टिच्युट - निशान खड्का, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ, एरिक विष्ट, विशाल राई, सुनिल बल, दर्शन गुरुङ, भरत खवास, विकेश कुथु, दीप कार्की, सुजल श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell