PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रशिक्षक महर्जनको स्वीकारोक्ति : अट्याकिङमा कमजोरी भयो, कीर्गिस्तानको अब्जर्वेसन् : बंगलादेशको भन्दा नेपालको खेल ‘क्विकर’

प्रशिक्षक महर्जनको स्वीकारोक्ति : अट्याकिङमा कमजोरी भयो, कीर्गिस्तानको अब्जर्वेसन् : बंगलादेशको भन्दा नेपालको खेल ‘क्विकर’

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : थ्री नेशन्स सिरिज अन्तर्गत आज सम्पन्न खेलमा नेपालले कीर्गिस्तानको यू-२३ टोलीसँग गोलरहित बराबरी खेल्यो। अधिकांश समय बल आफ्नो पक्षमा राखेको नेपालले केही राम्रा अवसरहरु पनि बनाएको थियो, यद्यपि त्यसमा नेपाल चुक्न पुग्यो।

आजको बराबरीको प्रत्यक्ष फाइदा पुग्यो बंगलादेशलाई। र, बंगलादेश फाइनलमा स्थान सुरक्षित गर्दा नेपालले भने फाइनल प्रवेशका लागि दोस्रो खेलमा बंगलादेशलाई हराउनु पर्ने या बराबरी सम्म भए पनि गर्नुपर्ने भएको छ। त्यस्तै, कीर्गिस्तान पनि फाइनलका लागि नेपाल र बंगलादेशबीचको खेलको नजितामा निर्भर रहनेछ।

आजको खेलपछि प्रतिकृया दिँदै नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोली अट्याकिङमा चुके पनि प्रदर्शन सन्तोषजनक रहेको प्रतिकृया दिए। राष्ट्रिय सिनियर टोलीले झण्डै ६ वर्षपछि रंगशालामा खेल्ने मौका पाएकोमा खुशी भएको भन्दै महर्जनले विगत ३ महिनाको अभ्यास पछिको प्रदर्शन राम्रै भएको बताए।

‘आजको खेलप्रति म सन्तुष्ट छु। विगत तीन महिना देखि यो टिमले तयारी गरिरहेको थियो। यो बीचमा मैत्रीपूर्ण खेलको अवसर नपाएको र त्रिदेशी सिरिजको क्रममा आजैमात्र टोलीले खेल्न पाएकोले आज परीक्षण गर्ने मौका मिलेको हो,’ उनले भने, ‘मैले खेलाडीहरुलाई जुन इन्सट्रक्स दिएको थिएँ त्यो अनुसार त्यो अनुसार खेलेकै हो। अब जित्नका लागि स्कोर हुनुपर्ने, त्यो हुन सकेन। तर अवसरहरु भने पर्याप्त बनेको थियो।’

महर्जनले थप स्पस्ट पार्दै भने: त्यसमा चाहिँ कताकता अट्याकिङमा फर्वाडहरु चुकेको देखिन्छ।

त्यस्तै, अर्को म्याचमा त्यसलाई सुधारेर अझ राम्रो प्रदर्शन गर्ने विश्वास लिएको बताए। खासगरी अट्याकिङमा बलहरु पाए पनि फर्वाडमा धैर्यताको केही कमी देखिएको उनले बताए।

‘बल नपाएको पनि होइन। म्याक्सिमम दिएको छ। क्रसहरु पनि दिएको छ। तर फर्वाडले धैर्यता अपनाउनुपर्ने थियो। त्यसमा अलिकति चुकेको देखियो,’ उनले भने, ‘अर्को म्याचमा अवस्य पनि म काउन्सिलिङ गर्नेछु। सुधार्ने प्रयास गर्नेछु।’

समग्रमा भने नेपाली टोलीको प्रदर्शन राम्रो भएको उनको प्रतिकृया थियो।

‘बलपोसेसन राम्रो थियो। अन्तिमको समयमा त उनीको डिफेन्समा हामीले बल पोसेसन राखेका थियौं। हामीले प्रेसर त दिएका थियौ। हामी केही चुकेको त अट्याकिङमा हो।’ उनले भने।

त्यस्तै कीर्गिस्तानका प्रशिक्षकले आफ्ना खेलाडीहरुका लागि सिनियर खेलाडीसँग खेल्नु कठिन भएको बताए। त्यसमा पनि कप्तान बाहिरिएपछि अझ कठिन भएको उनको प्रतिकृया थियो।

थ्री नेशन्स कपका दुई खेल खेलेपछि बंगलादेशी टीम भन्दा नेपाली टोली ‘क्विकर’ लागेको उनले अनुभव सुनाए।

नेपालले अब अर्को खेलमा शनिवार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell