PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

थ्री नेसन्स कपको दर्शक दीर्घा : न मास्क, न सामाजिक दुरी

थ्री नेसन्स कपको दर्शक दीर्घा : न मास्क, न सामाजिक दुरी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बंगलादेश, नेपाल र कीर्गिस्तान बीच थ्री नेसन्स कप चलिरहँदा विश्वभर कोभिडको सङक्रमण फेरि बढ्दै गएको छ। लामो समयपछि रंगशालामा उल्लास थपिएको छ।

र, समर्थन गर्न दर्शकहरु रंगशालासम्म आइपुगेका छन्। नेपालमा फुटबलमय वातावरणले मानिसहरु त हौस्यिएकै छन् नै तर स्टेडियममा उपस्थित दर्शकहरुले स्वास्थ्य मापदण्डमा ध्यान नपुर्‍याउँदा डर पनि उतिकै बढेको छ।

एन्फाले प्रतियोगितामा मास्क, भौतिक दुरीलगायतका स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्नु पर्ने भनेर विज्ञप्ति नै निकाले पनि रंगशालामा सबैले यसको पालन भने गरेको देखिँदैन।

छिमेकी देश भारतमै पनि नयाँ प्रवृतिको भाइरसले जोखिम बढाइरहँदा नेपालमा पनि सरकारले सतर्कता अपनाउन अनुरोध गरिसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell