PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सावधानीपूर्वक शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्न मन्त्रालयको आग्रह



पहिलोपोस्ट

सावधानीपूर्वक शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं : शिक्षा मन्त्रालयले हालको अवस्थामा सजग र सचेत रही सावधानीपूर्वक शिक्षण संस्थाका क्रियाकलापहरू सञ्चालन गर्न सबै पक्षको ध्यानाकर्षण गराएको छ। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले मातहतका निकायहरुको ध्यानाकर्षण गरेको हो।

बैठकमा कोभिड-१९ को संक्रमण र त्यसबाट हुने जोखिम समेत बढेर जाने सम्भावना देखिएको हालको सन्दर्भमा यसबाट शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्नसक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरिएको थियो।

मन्त्रालयले सबै प्रकारका शिक्षण संस्थाहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पनि पालन गर्न भनेको छ। शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन मन्त्रालयले अनुरोध समेत गरेको छ।

त्यसका साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरुको आयोजना तत्कालका लागि नगर्न नगराउन समेत मन्त्रालयले भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell