PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छापा, छानबिनका लागि कागजपत्र नियन्त्रणमा



पी बी खड्का

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छापा, छानबिनका लागि कागजपत्र नियन्त्रणमा

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले विश्वविद्यालयबाट कागजपत्र नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

विवादित बन्दै आएको विश्वविद्यालयमा पछिल्लो समय नयाँ कर्मचारी भर्ना र कानुन संकायतर्फको प्रवेश परीक्षाको नतिजा लगायतको विषयमा अख्तियारमा उजुरी परेको थियो।

सोही उजुरीको आधारमा आयोगको टोली बिहीवार अपरान्ह चार बजे विश्वविद्यालयको प्रशासनमा पसेको थियो।

उजुरीको विषयमा सोधपुछ पछि आवश्यक छानबिनका लागि कागजपत्र नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान गरिने कार्यालयले जनाएको छ।

कानुन संकायमा प्रवेश परीक्षा दिएका विद्यार्थीहरु एक साताअघिदेखि आन्दोलनमा उत्रिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell