PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

भक्तपुरमा आइतवार ग्यास पड्किदाँ घाइते भएका मध्ये एक जनाको मृत्यु



पहिलोपोस्ट

भक्तपुरमा आइतवार ग्यास पड्किदाँ घाइते भएका मध्ये एक जनाको मृत्यु

काठमाडौंः आइतबार साँझ भक्तपुरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका मध्ये  एक जनाको मृत्यु भएको छ।

किर्तीपुर बर्न सेन्टर अस्पतालमा उपचार भइरहेका दोलखा सैलुङ गाउँपालिका ६ घरभएका  ३९ वर्षीय टिकाराम बस्नेतको मृत्यु भएको हो। अन्य घाइते पाँच जनाको उपचार भइरहेको छ।

आइतबार साँझ भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ५ सृजनानगरस्थित शिवलाल कस्पालको चार तले पक्की घरमा सिलिन्डर पड्किएपछि आगलागी भएको थियो। घरको पहिलो तलामा रहेको भीमेश्वर मम एन्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा सिलिन्डर पड्किएको थियो।

ग्यास पड्केपछि खाजा घरका सञ्चालन र खाजा खाना आएका ग्राहक समेत घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell