PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

अविश्वासको प्रस्ताव थाँती राखेर मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राई



फूलमाया पुरी

अविश्वासको प्रस्ताव थाँती राखेर मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राई

विराटनगर : अविश्वासको प्रस्ताव थाँती राखेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। मुख्यमन्त्री राईले आज दिउँसो १ बजे प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गर्न लागेको राईका प्रेस संयोजक ध्रुव सुवेदीले पुष्टि गरे।

प्रदेश प्रमुखको कार्यालयमा नयाँ मन्त्रीहरुलाई शपथको तयारी गरिएको छ। केही बेरमा हुने शपथ कार्यक्रममा केही नयाँ मन्त्री थपिने र केहीको बढुवा हुने बताइएको छ।

विस्तारित मन्त्रीमण्डलमा माओवादी केन्द्र छाडेका टंक आङ्बुहाङ र एमालेको नेपाल पक्ष छाडेको उषाकला राईको चर्चा रहेको छ। आङ्बुहाङ माओवादी केन्द्रका संसदीय दलका नेता छानिएका थिए। पछिल्लो समय एमाले ब्युँतिएपछि उनलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको जिम्मेवारी दिएका हुन्।

राई पूर्वमन्त्री शेरबहादुर तामाङ पत्नी हुन्। केही समय प्रचण्ड नेपाल गुटमा पसेका तामाङ राई दम्पत्ती पछि ओली समूहमा फर्केका हुन्। राईलाई सामाजिक विकास मन्त्री दिने बताइएको छ। यता आङ्बुहाङलाई कुन मन्त्री दिने भन्ने विषयमा टुंगो नलागेको बताइएको छ।

तत्कालिन नेकपाबाट प्रचण्ड माधव पक्षका नेताहरुले गत फागुन ९ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। एमाले र माओवादी ब्युँतिएसँगै प्रस्तावको औचित्य सकिएको ओली पक्षधर प्रदेश सांसदहरुले बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell