A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a9a92c4571e28.95962885): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a9a92c4571e28.95962885,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

वरिष्ठ नेता पौडेलले भने, ‘काङ्ग्रेसलाई सत्ता होइन, ओलीको विकल्प चाहिएको हो, मौका परे सत्तामा जान्छौँ’
PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

वरिष्ठ नेता पौडेलले भने, ‘काङ्ग्रेसलाई सत्ता होइन, ओलीको विकल्प चाहिएको हो, मौका परे सत्तामा जान्छौँ’



अनन्तराज न्यौपाने

वरिष्ठ नेता पौडेलले भने, ‘काङ्ग्रेसलाई सत्ता होइन, ओलीको विकल्प चाहिएको हो, मौका परे सत्तामा जान्छौँ’

विराटनगर : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेसलाई सत्ता नभई केपी ओलीको विकल्प चाहिएको बताएका छन्।

पार्टीका पूर्व मोरङ सभापति एवम् संविधान सभा सदस्य अशोक कोइरालाको श्रद्धाञ्जली सभामा सहभागी हुन शुक्रबार विराटनगर आइपुगेका नेता पौडेलले स्थानीय सञ्चारकर्मीसित आफ्नो पार्टीले केपी ओलीको विकल्प खोजिरहेको बताएका हुन्।

‘तर हामी नेमकिपाजस्तो सत्तालाई छुँदै नछुने, सत्तामा जाँदै नजाने पार्टी होइनौँ’, पौडेलले भने, ‘हामी सत्तामा जाने राजनीति गर्छौं। सत्तामा जान पाएनौँ भने उपयुक्त विकल्प दिन्छौँ।’

उनले सबै विपक्षी दल एक ठाउँमा बसेर, छलफलर गरेर केपी ओलीको विकल्प दिन सकिने विश्वास प्रकट गरे। उनले अन्तरपार्टी छलफल भइरहेको जानकारी दिए।

उनको भनाइ छ, ‘हामी प्रतिपक्षी पार्टी हौँ। प्रतिपक्ष भनेको वेटिङ गभर्मेन्ट र प्रतिपक्षको नेता वेटिङ प्राइमिनिस्टर हो। त्यसैले हामी मौका पर्दा सत्तामा पनि जान्छौँ। नपर्दा विकल्प दिन्छौँ।’

पौडेलले अहिलेको व्यवस्थालाई बचाउन ग्रेटर डेमोक्र्याटिक एलाइन्सको आवश्यकता रहेको बताए।

‘अहिलेको सिस्टममाथि आक्रमण हुँदै आएको छ, नेपाली काङ्ग्रेस ७० वर्षभन्दा अघिदेखि लडिरहेको छ’, उनको कथन थियो, ‘ओलीका कारण अहिले लोकतन्त्र नै खतरामा छ। नेपाली काङ्ग्रेस लोकतन्त्रको मियो भएका कारणले यो पार्टीले लोकतन्त्र र सङ्घीयता बचाउन अगुवाको भूमिका गर्छ। लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस उदासीन रहन सक्तैन।’

काङ्ग्रेस सभापति शेरबहादुर देउवा तपाईंको धारणाप्रति सहमत हुनुहुन्छ त भन्ने प्रश्नमा नेता पौडेलले ठोस जवाफ दिन सकेनन्।

उनको उत्तर थियो, ‘शेरबहादुरजीसित कुरा भइरहेको छ।  सहमतिका लागि प्रयास भइरहेको छ।’

उनले सर्वोच्चले प्रतिनिधि सभालाई पुनःस्थापना गरेर लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दोहोर्याए। पौडलको भनाइ थियो, ‘पुनःस्थापना नभएको भए लोकतन्त्र नै सकिन्थ्यो। सम्पूर्ण प्रक्रिया छिन्नभिन्न हुन्थ्यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell