PahiloPost

May 15, 2026 | १ जेठ २०८३

पारा ब्याडमिन्टनमा नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्दै, प्रकाश अधिकारीले सहभागिता जनाउने



पहिलोपोस्ट

पारा ब्याडमिन्टनमा नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्दै, प्रकाश अधिकारीले सहभागिता जनाउने
तस्बिर राखेप

काठमाडौं: दुबई पारा ब्याडमिन्टन संघको आयोजनमा तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन इन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ।  चैत १४ गते देखि २३ गते सम्म सहवाव अल अलि दुवई क्लबमा हुने प्रतियोगितामा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ।

पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो। ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिताहरु आयोजना नभइरहेको अवस्थामा पारा खेलाडी अधिकारी सामान्य प्रतियोगितामा भने राम्रो प्रदर्शन गर्दै आइरहेका खेलाडी हुन्।

खेलाडीलाई बिदाई गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले शुभकामना प्रदान गर्दै खेलाडीहरु अबका दिनमा व्यवसायिकता तर्फ अग्रसर हुनुपर्ने र त्यसका लागि आफूलाई सक्षम बनाउनु पर्ने बताए। उनले खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा समावेश हुने भएकोले त्यसलाई यथार्थमा उतार्नु पर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell