PahiloPost

May 15, 2026 | १ जेठ २०८३

संसदीय दलको बैठकमा सहभागी हुने नहुनेबारे नेपाल समूहमा अन्यौल !



पहिलोपोस्ट

संसदीय दलको बैठकमा सहभागी हुने नहुनेबारे नेपाल समूहमा अन्यौल !

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूह सहभागी हुने नहुनेबारे अन्यौल उत्पन्न भएको छ।

बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा नेपाल-खनाल समूहमा दुई थरि मत देखिएको छ। नेपाल निकट नेता गंगालल तुलाधारले बैठकमा सहभागि नहुने बताए।

'बैठकमा सहभागि नहुने भन्ने नै हो। तर कोही सहभागि हुनपनि सक्नुहोला,' उनले भने।

दुईथरी मत देखिएपछि नेपाल समूहको केन्द्रीय कमिटिको बैठक बोलाएर नेपाल समूहले बैठकमा सहभागि हुने नहुनेबारे निर्णय गर्न लागेको हो। उक्त समूहको केन्द्रीय कमिटिको बैठक कलंकीमा जारी छ।

फागुन २८ गते ओलीले एकतर्फी केन्द्रीय कमिटीको बैठक बोलाएर निर्णय गरेको भन्दै नेपाल समूहले निर्णय फिर्ता नलिएसम्म बैठकमा सहभागि नहुने अडान राख्दै आएको थियो। चैत ७ गते बसेको केन्द्रीय कमिटीको बैठकले नेपाल समूहका ४ जना नेतालाई स्पष्टिकरण सोधेपछि एमाले फुटउन्मुख छ। नेपाल र उपाध्यक्ष भीम रावलले ओलीलाई नै कारवाही गर्नुपर्ने भन्दै स्पष्टिकरणको जवाफ दिएका भए पनि स्थायी कमिटी सदस्य घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले जवाफ दिसकेका छैनन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell