PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

ट्रकले ठक्कर दिँदा प्रहरीको मृत्यु



पहिलोपोस्ट

ट्रकले ठक्कर दिँदा प्रहरीको मृत्यु

जनकपुरधामः जनकपुर–बर्दिबास सडक खण्ड अन्तर्गत धनुषाको लालगढमा ट्रकले ठक्कर दिँदा नेपाल प्रहरीका असई मदनजँग कापरको मृत्यु भएको छ।

असई कापर प्रदेश दुईको मुख्यमन्त्री कार्यालयमा कार्यरत थिए। जनकपुर–बर्दिबास सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका वडा नम्बर–१० स्थित लालगढमा विपरीत दिसाबाट आइरहेको ट्रकले कापर सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।

आज बिहान करिब ३ बजेको समयमा बर्दिबासबाट जनकपुरधामतर्फ आउने क्रममा कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार ठक्कर दिने ट्रक र त्यसका चालकलाई सुनसरीबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। शव पोस्टमार्टम लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell