PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

अध्यक्ष ओलीद्वारा राष्ट्रियसभा संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन



पहिलोपोस्ट

अध्यक्ष ओलीद्वारा राष्ट्रियसभा संसदीय दलको नेतामा सुमन प्याकुरेल चयन

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य सुमन प्याकुरेललाई राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेता चयन गरेका छन्। ओलीले दलको नेता चयन गरेको एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

चैत ७ गते बसेको संसदीय दलको बैठकले एमालेको विधान संशोधन गर्दै दलको नेता छान्ने अधिकार ओलीलाई दिएको थियो। यसअघि २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि राष्ट्रिय सभाको संसदीय दलको नेता माओवादी केन्द्रका नेता दिनानाथ शर्मा बनेका थिए।

शुक्रवार ३ बजेका लागि बोलाइएको संसदीय दलको बैठक अघि ओलीले नेता चयन गरेका हुन्।

फागुन २८ गते बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई नबोलाएरै केन्द्रीय कमिटीको बैठक बसेर निर्णय गरेपछि नेपाल समूह असन्तुष्ट रहँदै आएको छ। उक्त समूहले ओलीले सोधेको स्पष्टिकरणको जवाफ फर्काएको छ भने ओलीलाई नै कारवाही गर्नुपर्ने जिकिर गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell