PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

ओलीकै शैलीमा अनेरास्ववियुका संयोजक ऐन महरले गरे नेपाल समूहका विद्यार्थी नेताहरुलाई कारवाही



पहिलोपोस्ट

ओलीकै शैलीमा अनेरास्ववियुका संयोजक ऐन महरले गरे नेपाल समूहका विद्यार्थी नेताहरुलाई कारवाही

काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुमा विवाद चर्किएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पक्षका नेताहरुबीच विवाद चर्किन थालेको हो।

नेपाल समूहको अनेरास्ववियुले चैत १० गते काठमाडौंमा राष्ट्रिय भेला गरेको थियो। उक्त समूहको भेलाप्रति असन्तुष्टि व्यक्त गर्दै अनेरास्ववियुका संयोजक ऐन महरले भेलामा सहभागि भएका नेतालाई कारवाही गर्ने निर्णय गरेका छन्।

बिहीवार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै महरले नेपाल समूहका विद्यार्थी नेतालाई ३ दिने स्पष्टिकरण सहित निलम्बन गरिएको जानकारी दिएका छन्। विज्ञप्ति जारी गर्दै कारवाहीको जानकारी दिइएको हो।

'अनेरास्ववियुको मुल प्रबाहबाट विचलित भई संगठनको गरिमामा गम्भिर आँच आउने गरी गुटगत भेलालाई निरन्तर जारी राख्दै चैत्र १० गते काठमाडौमा राष्ट्रिय कार्यकर्ता भेलाका नाममा समानान्तर कमिटी गठन गर्नु संगठनको हित विपरित भएको ठहर गर्दै उक्त गैर राजनैतिक क्रियाकलापमा संलग्न हुने अनेरास्ववियुका सचिवहरुः सुदेश पराजुली, ओसिम आलम र आरती लामालाई आजदेखि लागू हुने गरि निलम्बन गर्दै ३ दिन भित्र स्पष्टिकरण माग गर्ने,' विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell