PahiloPost

May 15, 2026 | १ जेठ २०८३

बालुवाटार बैठकमा नेपाल समूहको आपत्ति : विधान संशोधन विधिसम्मत भएन, फैसलापछि एकलौटी गतिविधि मान्य छैन



पहिलोपोस्ट

बालुवाटार बैठकमा नेपाल समूहको आपत्ति : विधान संशोधन विधिसम्मत भएन, फैसलापछि एकलौटी गतिविधि मान्य छैन

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको दलको बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूले ओली समूहका गतिविधिमाथि प्रश्न गरेको छ।

नेपाल समूहका तर्फबाट शीर्ष नेताका रुपमा सहभागी भएका वरिष्ठ नेता खनालले बैठकमा ओली समूहका पछिल्ला निर्णयको विरोध गरेका थिए। ओलीले बैठकको सुरुआत गरेपछि नेता खनालले आफ्नो धारणा राखेका थिए।

खनालले माओवादी केन्द्र र नेकपा एमाले एकता अघि २०७५ जेठ २ अघिको अवस्थामा फर्किनुपर्ने भन्दै त्यसयता ओली समूहले गरेका निर्णय मान्य नहुने बताएको नेपाल समूहका नेता जीवनराम श्रेष्ठले जानकारी दिए। 'जेठ २ अघिको अवस्थामा फर्कौ भन्ने धारणा राख्नुभयो, त्यसपछि बसेका केन्द्रीय कमिटीको बैठक र विधान संशोधन विधिसम्मत भएन भन्ने उहाँको कुरा रह्यो,' खनाललाई उदृत गर्दै श्रेष्ठले भने।

एमालेको नवौ महाधिवेशनबाट पारित विधानका आधारमा संसदीय दलको विधान बनाउनुपर्ने खनालले माग गरेका थिए। ‌ओली समूहले नेकपा एमालेको संसदीय दलको विधानलाई चैत ७ गते बसेको संसदीय दलको बैठकमा संशोधन गरेको थियो। उक्त संशोधनले ओलीलाई थप अधिकार दिएको छ।

प्रधानमन्त्री ओलीले खनालको मागबारे भने केही प्रतिक्रिया जनाएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell