PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नेपाल, नेदरल्याण्डस् र मलेसियाबीचको ‘ट्री नेशन्स टी-२० सिरिज’ वैशाख ४ गतेबाट



पहिलोपोस्ट

नेपाल, नेदरल्याण्डस् र मलेसियाबीचको ‘ट्री नेशन्स टी-२० सिरिज’ वैशाख ४ गतेबाट

काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मेलित ‘ट्री नेशन्स टी २० सिरिज वैशाख ४ गतेबाट काठमाडौंमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगिताका सबै खेल टीयू क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। प्रतियोगिता डबल राउण्ड रोबिनको आधारमा हुनेछ।

क्यानले यो कोभिड महामारीपछि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउने राम्रो मौका भएको भन्दै त्यतिबेलाको मौसम पनि क्रिकेटको लागि अनुकुल हुने बताएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले छोटोसमयको वावजुत क्रिकेट सिरिजको आयोजनामा सहकार्यका लागि धन्यवाद दिएका छन्।

‘अन्तर्राष्ट्रिय क्रिकेटलाई फर्काउन पाउँदा हामी खुशी छौं,’ चन्दले भनेका छन्।

त्यस्तै नेदल्याण्डस्का प्रशिक्षक रेयन क्याम्पेलले सन् २०१९ पछि खेल्न अवसर नमिलिरहेको सन्दर्भमा नेपालले सिरिज आयोजना गरेकोमा खुशी भएको बताएका छन्।

‘खेलको अनिश्चितताहरुको बावजुत हाम्रा खेलाडीहरुले अत्यन्तै मेहेनत गरिरहेका छन्। नेपाल र मलेसियासँगको सिरिजले विश्व क्रिकेटमा फर्काउने छ।’ उनले भनेका छन्।

त्यस्तै मलेसियाको क्रिकेट बोर्डका अध्यक्ष महिन्दा भल्लिपुरम्ले अन्तर्राष्ट्रिय क्रिकेटमा कोभिड पछिको सन्दर्भमा पुन यात्राका लागि अवसर मिलाएको धन्यवाद दिएका छन्।

खेलाडी र अफिसियलहरुको कोरोना परीक्षण गरेर ‘बायो सेक्युर बबल’ मा राखिने क्यानले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell