PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सुदूरपश्चिम सरकारले गति लिन सकेन, अब यसलाई फाल्नुपर्छ : लेखराज भट्ट



एम बम

सुदूरपश्चिम सरकारले गति लिन सकेन, अब यसलाई फाल्नुपर्छ : लेखराज भट्ट

कैलाली : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम सरकार फेरबदल गर्नुपर्ने बताएका छन्। काठमाडौंबाट शुक्रवार धनगढी विमानस्थलमा उत्रिएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘हामी नेतृत्वमा रहेका व्यक्तिहरू अहिले आएका छौँ। छलफल गर्छौँ। पार्टीले छलफलपछि एउटा निष्कर्ष निकाल्छ। आमजनताको निष्कर्ष के छ भने, यो सरकारले गतिलिन सकेन, अब चाहिँ यसलाई फाल्नुपर्छ भन्ने नै छ।’

सुदूरपश्चिममा अहिले लेखराज भट्ट माओवादीमा छँदा उनी निकट मानिएका त्रिलोचन भट्टको नेतृत्वमा सरकार छ।

मन्त्री भट्टले एमालेको नेतृत्वमा सरकार बन्न नसके मुलुक नयाँ निर्वाचनमा जाने समेत बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले माओवादी केन्द्रले समर्थन फिर्ता लिए ठूलो दलको हैसियतले नेकपा एमाले बहुमतको सरकारको प्रयास गर्ने र त्यसो हुन नसके मुलुक निर्वाचनमा जानुको विकल्प नरहेको स्पष्ट पारे।

उनले एमालेका नेपाल पक्षीय नेता भीम रावललगायतका विषयमा मागिएको स्पष्टीकरणको उत्तरपछि मात्र कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताए। प्रधानमन्त्री ओलीले सुदूरपश्चिम इन्चार्ज रहेका भीम रावललाई हटाएर उनको स्थानमा लेखराज भट्टलाई जिम्मेवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell