PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रदेश २ का आठ जिल्लाको स्थलगत नेपाल-भारत सीमा निरीक्षण आजदेखि शुरू



पहिलोपोस्ट

प्रदेश २ का आठ जिल्लाको स्थलगत नेपाल-भारत सीमा निरीक्षण आजदेखि शुरू

वीरगंज : प्रदेश २ का आठ जिल्लाको सीमा सम्बन्धमा प्रदेश मामिला समितिले आजदेखि स्थलगत निरीक्षण शुरू गरेको छ। पर्साबाट शुरू गरिएको सीमाको निरीक्षणको क्रममा आज भिस्वा, बर्वा, अलौं र श्रीसियाको अनुगमन गरिएको प्रदेशसभा सदस्य एवं समितिका सदस्य रमेशप्रसाद कुर्मीले बताए।

उनले आजदेखि सीमाको निरीक्षण शुरू भएको र आठ जिल्लाका सीमाको अनुगमन गरिने बताए। आज गरिएको सीमा अनुगमनको क्रममा नेपालतर्फका मानिसहरूले जनपथ र सशस्त्र प्रहरीबाट सहयोग नभएको गुनासो गरेको बताए। उनले किसानलगायतका मानिसहरूले भारतीय सीमा सुरक्षा बलले नेपालीहरूलाई भारतबाट ल्याउने सामानमा सहजीकरण गर्दै आए पनि नेपालका सुरक्षाकर्मीहरूबाट भने दुःख पाउने गरेको बताए।

प्रदेश मामिला समितिका सभापति प्रदेशसभा सदस्य अशोककुमार यादवको अध्यक्षतामा आजदेखि शुरू भएको अनुगमन टोलीमा डा रीना यादव, शोभा राणालगायत सातजना प्रदेशसभा सदस्यहरू रहेको प्रदेशसभा सदस्य कुर्मीले जानकारी गराए। उनले सीमा सिल भए यता एक वर्षको अवधिमा वैवाहिक कार्यक्रमलगायत प्रभावित भएको दुवैतर्फका सीमामा बस्ने मानिसहरूले गुनासो गरेको बताए।

अनुगमनको क्रममा नेपालतर्फका मानिसहरूले मूल बाटो बन्द गरिए पनि चोरबाटोबाट सबै कामहरू हुँदै आएको बताए। उनीहरूले मूलबाटो बन्द राख्नुको औचित्य नरहेको पनि कुरा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell