काठमाडौं : कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ। फागुन १४ गते मस्तिस्कघात भई जोशी नर्भिक अस्पतालमा उपचाररत थिए।
नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको आज राति ८:२४ बजे निधन भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
एक महिनादेखि जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। शुक्रवार बिहानदेखि उनको मुटुले समेत काम गर्न छाडेको अस्पतालले जनाएको छ। उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उनको निधन भएको नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा राजीव झाले बताए।

नेता जोशीको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा शशांक कोइराला लगायतका नेताहरुले श्रद्धान्जलि व्यक्त गरेका छन्।
हार्दिक श्रदाञ्जली नविन्द्रजी नेपाली कांग्रेसका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री नविन्द्रराज जोशीको असामायिक निधनको...
Gepostet von Sher Bahadur Deuba am Freitag, 26. März 2021
अत्यन्तै दुखद खबर ! हार्दिक श्रद्धाञ्जली ! नेपाली कांग्रेसका उदियमान नेता नविन्द्रराज जाेशी अब हामी बीच रहनुभएन । आम...
Gepostet von Ram Chandra Paudel am Freitag, 26. März 2021
हार्दिक श्रदान्जली नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री प्रिय मित्र नविन्द्रराज जोशीको देहावसानले अत्यन्त...
Gepostet von Dr Shashank Koirala am Freitag, 26. März 2021
दुखद समाचार .. हामी सबैको प्रिय नवीन्द्र यो संसारमा रहेन । यो अप्रिय खबर कसरी सुनाउ र पनि, अलबिदा नबिन्द्र, हार्दिक श्रद्धाञ्जली।
Gepostet von Prakash Man Singh am Freitag, 26. März 2021
