PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

भोलि कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने



पहिलोपोस्ट

भोलि कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने

काठमाडौं : कांग्रेस केन्द्रीय समितिको भोलि आकस्मिक बैठक बस्ने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको आज राति भएको निधनको सम्बन्धमा भोलि आकस्मिक बैठक बस्ने भएको हो।

भोलि बिहान ११:३० बजे केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन ललितपुरमा बस्ने भएको हो। नेता जोशीको पार्थिव शरीर भोलि मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell