PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

म्यानमार : सडकमा निस्किए टाउकोमा गोली ठोक्ने सेनाको चेतावनी



पहिलोपोस्ट

म्यानमार : सडकमा निस्किए टाउकोमा गोली ठोक्ने सेनाको चेतावनी
Photo: AP

म्यानमारमा सत्ता सम्हालिरहेको सैनिक जुन्टाले प्रदर्शनको लागि सडकमा निस्किए टाउको वा ढाडमा गोली हान्ने चेतावनी दिएको छ। आन्दोलनकारीहरुले शनिवार सैनिक दिवसको दिनमा वृहत प्रदर्शन गर्ने घोषणा गरेसँगै सेनाले यस्तो चेतावनी दिएको हो

प्रदर्शनको क्रममा सेनाको गोली लागेर शुक्रवार थप चार जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ३२० पुगेको छ।

गत माघ १९ गते सेनाले आङ सान सूकीको निर्वाचित सरकारविरुद्ध ‘कू’ गरेपछि दैनिक सैन्य सरकारविरुद्ध आन्दोलन भइरहेको छ। प्रहरी र प्रदर्शनकारीबिच दिनहुँ झडप हुने र सुरक्षाकर्मीहरुले अत्याधिक बल प्रयोग गर्ने गरेको बताइएको छ।

सरकारी च्यानल एमआरटीभी न्युजमा गरिएको एक प्रशारणमा भनिएको छ, ‘अघिल्ला मृत्युहरुबाट पाठ सिक, टाउको वा ढाडमा गोली खान सक्छौ।’

सो चेतावनीमा गोली हानेर मार्ने आदेश सुरक्षाकर्मीलाई दिइ सकेको हो वा होइन भन्ने बारेमा भने स्पष्ट भनिएको छैन। यसअघि सेनाले प्रदर्शनकारीहरुको बीचबाट नै गोली चल्न सक्ने बताएको थियो।

सैनिक दिवस मनाउन कुनै पनि अवरोध नहोस् भन्नेमा सेनाको ध्यान रहेको बुझिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell