PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘मलाइ घोक्र्याएर प्रतिगमन गरेका केपी ओलीकै पार्टीमा पठाइएको छ, कुन दिन घोक्र्याएर निकाल्छन्, तर म डराउँदिन’



पहिलोपोस्ट

‘मलाइ घोक्र्याएर प्रतिगमन गरेका केपी ओलीकै पार्टीमा पठाइएको छ, कुन दिन घोक्र्याएर निकाल्छन्, तर म डराउँदिन’

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गरेका छन्।

सर्वोच्च अदालतको फागुन २३ को फैसलातर्फ संकेत गर्दै आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा पठाएको र त्यहाँ बस्न अफ्ठेरो लागिरहेको बताए। आफूलाई कुनै दिन पार्टीबाट घोक्र्याएर निकाल्ने अवस्था आउने र तर त्यसबाट नडराउने नेता नेपालको भनाइ छ।

प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा सहभागी नेता नेपालले भने, ‘मलाइ अप्ठेरो लागिरहेको छ। मलाइ घोक्र्याएर प्रतिगमन गरेका केपी ओलीकै पार्टीमा पठाएको छ। मलाइ कुन दिन घोक्र्याएर पनि निकाल्दिन सक्कलान। तर म डराउँदिन।’

नेता नेपालले पार्टीमा जबज पालना नभएको देख्दा अचम्म लागिरहेको पनि बताए। ‘राजनीति सरल रेखामा बढदैन। अनेक दाउपेच भइरहेका छन्। ओलीले छोडदिए हुन्थ्यो भन्ने सबैलाई लागेको छ। म जस्तोसुकै चुनौतीको सामना गर्न तयार छु,’ उनले भने।

कठोर निर्णय गर्न तयार हुनुहुन्छ भन्ने नागरिक समाजको प्रश्नमा नेता नेपालले शुक्रवारको संसदीय दलको बैठकमा सहभागी नभएर त्यसको संकेत देखाइसकेको र अहिले यतिमात्रै भन्छु भने।

उनले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहने पनि बताए। ‘‘समयको नाडि छामिरहेका छौ। समय आउँछ ठ्याक्क अघि बढछौ। महन्थ र मिनेन्द्रको आशिर्वाद रहेसम्म ओलीको सरकार रहन्छ। मलाइ सहयोग गरे निर्णय हुन्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell