PahiloPost

May 15, 2026 | १ जेठ २०८३

शेरबहादुरले अविश्वासको प्रस्तावको पक्षमा जाँदिन भन्नुभएको छ : महन्थ ठाकुर



पहिलोपोस्ट

शेरबहादुरले अविश्वासको प्रस्तावको पक्षमा जाँदिन भन्नुभएको छ : महन्थ ठाकुर

काठमाडौं: जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारलाई समर्थन गर्ने प्रश्न नै नभएको बताएका छन्। आफूहरु न्यायको खोजीमा रहेको भन्दै मुद्दा सम्बोधन नभएसम्म कसैलाई साथ नदिने ठाकुरको भनाइ छ।

प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा बोल्दै अध्यक्ष ठाकुरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध आउने अविश्वासको प्रस्तावको पक्षमा जाँदिन भनेको दाबी गरे।

अहिलेको परिस्थिति प्रचण्ड-नेपाल र ओलीको बेमेलका कारण निम्तिएको भन्दै ठाकुरले आफूहरुलाई लागि सत्ता भन्दा मुद्दा ठूलो भएको बताए। ‘सबै सरकारहरुसँग तीन बुँदे सहमति भएको छ। तर ओलीसँग भएको छैन,’ उनले भने।

शेरबहादुरले अविश्वासको प्रस्तावको पक्षमा जाँदिन भनेको उल्लेख गर्दै ठाकुरले आफ्ना मुद्दा सम्बोधन नभएसम्म कसैलाई साथ नदिने दोहोर्‍याए।

अहिले कम्युनिष्ट पार्टीमा स्वार्थको लडाइ भइरहेको र यसले देशमा संकट ल्याएको भन्दै उनले संकट आउँदा मात्र आफूहरुको खोजी भइरहेको बताए। ‘हामी त न्यायको खोजीमा छौं। हाम्रो अगाडि सरकारलाई समर्थन गर्ने प्रश्न नै छैन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell