PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

ओलीलाई विश्वासको मत दिन सक्दैनौं : मिनेन्द्र रिजाल



पहिलोपोस्ट

ओलीलाई विश्वासको मत दिन सक्दैनौं : मिनेन्द्र रिजाल

काठमाडौं : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले विश्वासको मत नदिने बताएका छन्।

प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा बोल्दै रिजालले ओलीलाई विश्वासको मत दिन नसकिने बताए।

सभापति शेरबहादुर देउवाले ओलीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा नजाने भन्ने कुरा आइरहेको प्रश्नमा रिजालले भने, ‘म मेरो पार्टीको गर्धनसम्म मात्र हो। टाउको गर्धन अनुसार चलोस् भन्ने प्रयास भइरहेको छ। राजनीतिक निर्णय गर्न हामी तयार छौं। प्रमसँग ओली पदमा पुगेदेखि नै हाम्रो विश्वास छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell