PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

ओलीलाई सदनबाट हटाउन नसकिए सडकमा आउने माओवादी अध्यक्ष प्रचण्डको चेतावनी



पहिलोपोस्ट

ओलीलाई सदनबाट हटाउन नसकिए सडकमा आउने माओवादी अध्यक्ष प्रचण्डको चेतावनी

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणको प्रयास भइरहेको बताएका छन्।

प्रतिगामी केपी ओलीलाई हटाउन नेपाली कांग्रेस र जसपासँग सहकार्यको प्रयास जारी रहेको प्रचण्डले जानकारी दिए।

प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा बोल्दै प्रचण्डले सदनबाट हटाउन नसकिए सडकमा आउने चेतावनी समेत दिए।

नेपाली राजनीतिमा दिउसै रात पर्न खोजिएको बताउँदै प्रचण्डले भने, ‘फागुन २३ गते संसदबाट ओलीलाई हाटाउ संसद सचिवालयमा पुगेपछि पार्टी अलग गरियो। सबैभन्दा बढि म माथि प्रहार भइरहेको छ। म माथि अन्याय भएको छ। मलाइ तपाइले न्याय दिनुस्। कांग्रेस र जसपासँग सहकार्यको प्रयास जारी छ। दुई चार दिन संसदमा प्रयास गर्ने हो। नभए सडकमा आउँछु.’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell