PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

लुम्बिनी प्रदेशसभाको बैठक चैत १८ मा हुने



पूजा पन्थी

लुम्बिनी प्रदेशसभाको बैठक चैत १८ मा हुने

बुटवल : लुम्बिनी प्रदेश सभाको बैठक चैत १८ गते बस्ने भएको छ। लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिशमा बैठक आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको प्रेश विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते दिउँसो १ वजे सातौँ अधिवेशन आह्वान गरिएको उल्लेख छ।

यसअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बैठक बोलाउनको लागि आग्रह गर्ने निर्णय गरेको थियो। गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै बर्खे अधिवेशन सकिएको थियो।

मुलुकको केन्द्रीय राजनीतिमा आएको उतार चढावका कारण प्रदेशमा पनि बैठक बोलाउनको लागि ढिलाई भएको हो। स्थायी राजधानी तोकिएपछिको दोस्रो अधिवेशन पनि बुटवलमा नै हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell