PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

दिवङ्गत नवीन्द्रराज जोशीलाई पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको श्रद्धाञ्जली

दिवङ्गत नवीन्द्रराज जोशीलाई पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको श्रद्धाञ्जली

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : दिवङ्गत नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीलाई सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली दिएका छन्। श्रद्धाञ्जली दिनको लागि नेता जोशीको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा राखिएको छ।

नेता जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर सम्मान व्यक्त गरिएको छ। सो क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र कार्की, विमलेन्द्र निधिलगायतले उनलाई श्रद्धाञ्जली दिए।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, सभामुख अग्नि सापकोटा, नेकपा (एमाले)का नेताहरु माधव नेपाल, विष्णु पौडेल, सुवास नेम्बाङलगायतका नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जलीको लागि सानेपा पुगेका थिए।

यसैबीच, कांग्रेसले जोशीप्रति सम्मान प्रकट गर्दै शोकका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ। जसमा चैत १५, १६ र १७ गतेगरी तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको छ। उक्त दिनहरुमा शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगरिने बताइएको छ।

जोशीको गएराति निधन भएको हो। फागुन १४ गते मस्तिस्कघात भई जोशी नर्भिक अस्पतालमा उपचाररत थिए। नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रवार राति ८:२४ बजे निधन भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell