PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

आफैँले लगाएको डढेलोमा परी एक जनाको मृत्यु



रासस

आफैँले लगाएको डढेलोमा परी एक जनाको मृत्यु

धादिङ : नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ। बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा)को मृत्यु भएको छिमेकी सिर्जा लामाले टेलिफोनबाट जानकारी दिए।

आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए। शुक्रवार भएको घटनामा गाउँलेले पोलिएको अवस्थामा शनिवार मात्र मनबहादुरको शव फेला पारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell