PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कीर्गिस्तान र त्रिभुवन आर्मी आज भिड्दै, प्रवेश निशुल्क



पहिलोपोस्ट

कीर्गिस्तान र त्रिभुवन आर्मी आज भिड्दै, प्रवेश निशुल्क

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी थ्री नेशन्स कप खेल्न आएको कीर्गिस्तानले त्रिभुवन आर्मी फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। प्रतियोगितामा एक पराजय र एक बराबरी खेलेको कीर्गिस्तानी यू २३ टोली फाइनल पुग्न असफल भयो। पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको कीर्गिस्तान दोस्रो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको थियो।

यसैक्रममा आज दिउँसो एएफसी कपको प्रिलिमिनरी राउण्डको तयारीमा रहेको त्रिभुवन आर्मी क्लबसँग कीर्गिस्तानले खेल्न लागेको हो। शहीद स्मारक ए डिभिजन लिगमा उपविजेता बनेको आर्मी नेपालबाट एएफसी लाइसेन्स प्राप्त एकमात्र क्लब हो।

आर्मीले अप्रिल ७ मा श्रीलंका पुलिस क्लबसँग दशरथ रंगशालामा खेल्दैछ।

आजको खेलमा प्रवेश निशुल्क गराउने एन्फाले जनाएको छ। खेल दिउँसो साढे तीन बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell