PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

पेस्तोल सहित दुई जना समातिए



पहिलोपोस्ट

काठमाडौंः सशस्त्र प्रहरी बल टोलीले गोली लोडेड अवस्थामा रहेको अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौंको गहना पोखरी इलाकाबाट दिउँसो मेडई यूएसए लेखिएको ९ मिमि पेस्तोल एक थानसहित दुई जनालाई पक्राउ गरेको हो । पाँच वटा गोली म्याग्जिनमा लोडेड रहेको अवस्थामा बरामद

गरिएको हो। पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको रोशी गाउँपालिका ३ शिखर अम्बोटे कोटे लामा र अनन्त तामाङ् रहेका छन्। पक्राउ परेका कोटे लामा २०७४ साल देखि फरार अभियुक्त रहेको खुलेको छ।

       



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell