PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

बसन्तपुरमा होलीको रौनक, छैन कोरोनाको डर, विदेशी पर्यटक पनि रमाए

बसन्तपुरमा होलीको रौनक, छैन कोरोनाको डर, विदेशी पर्यटक पनि रमाए

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ।

यसैक्रममा राजधानीको बसन्तपुरमा एकापसमा रङ र लोला खेलेर होली मनाइएको छ। यसपालि दोस्रो चरणमा कोभिड १९ संक्रमण बढिरहेका बेला त्यसलाई चुनौती दिँदै बसन्तपुरमा युवायुवतीले होली खेलेका हुन्। बसन्तपुरमा विदेशी पर्यटक पनि होलीमा रमाए।

फागुपूर्णिमा पर्वले आपसी सद्भाव र आत्मियतामा थप वृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास लिइन्छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell