PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कलाकारहरूले यसरी मनाए यसपालीको होली



पहिलोपोस्ट

कलाकारहरूले यसरी मनाए यसपालीको होली

होलीलाई रंगहरुको चार्ड पनि भनिन्छ। तर, कोरोना भाइरसले गर्दा गतवर्षको होली पनि खल्लो भयो। भारतमा कोरोना संकमण बढ्न थालेपछि नेपालमा पनि सार्वजनिक स्थलमा होली मनाउन नदिने निर्णय लागू भयो। होली विशेष कार्यक्रम पनि स्थगित भए। जसले यो वर्षको होली पनि घरमै सीमित भएको छ।

आज होलीको पहिलो दिन अर्थात पहाडी क्षेत्रको होली। सरकारले घरभित्रै होली मनाउन आग्रह गरेको छ। जसकारण यो वर्ष नेपाली कलाकारहरुले पनि घरमै होली मनाइरहेका छन्। होली मनाएको फोटोहरु सामाजिक सञ्जालमा सेयर गरेका छन्।    

अभिनेत्री रेखा थापाले परिवारसँग होली मनाएको तस्विरहरु फेसबुकमा सार्वजनिक गरेकी छिन्। साथै होलीको शुभकामना समेत दिएकी छिन्।

 

हर्ष उल्लास र रङमय पर्व होलीको शुभकामना !! सबै क्लेशहरु मित्रतामा बदलिउन, डरबाट मुक्ती र चिन्ताबाट हौसलाको यात्रा गरोस हामी सबैको जीवनले ।

Gepostet von Rekha Thapa am Samstag, 27. März 2021

अभिनेता नाजिर हुसेन मुस्लिम धर्म मान्ने भएपनि उनी हिन्दु चार्डपर्वहरु समेत मनाउने गर्छन्। नाजिरले पनि होली मनाएको फोटो फेसबुकमा सेयर गरेका छन्।

 

होली त मलाई तिमीसँग खेल्न मन थियो फगत यि रंगहरु बिचमा आइदिए ! सादा सपनाहरु रंगीन होस सबैको, रंगहरुको पर्व होलीको शुभकामना सबैमा । . . . | #photo Repsion Pradhan | | #help Niroj Khadka|

Gepostet von Najir Husen am Samstag, 27. März 2021

त्यसैगरि गायिका तथा सांसद कोमल ओलीले पनि होली मनाएको फोटो ट्विटरमा पोस्ट गरेकी छिन्।

 

अभिनेत्री प्रियंका कार्कीले पनि यसपालिको होली परिवारसँगै मनाएकी छन्।

 

Happy Holi everyone❤️ Be safe. Play responsibly 💕

Gepostet von Priyanka Karki am Samstag, 27. März 2021

त्यसैगरि नवअभिनेत्री सुहाना थापाले पनि शुभकामना दिदै होली मनाएको फोटो फेसबुकमा सेयर गरेकी छिन्।

 

Happy Holi🙏❤️🙏

Gepostet von Suhana Thapa am Sonntag, 28. März 2021


अभिनेत्री करिश्मा मानन्धरले पनि घरभित्रै होली मनाउने तयारीमा रहेको र श्रीमान विनोद मान्धरको जन्मदिनको तयारी गर्न लागेको भिडियो फेसबुकमार्फत लाइभ गरेकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell