PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

थ्री नेसन्स कप : फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने



पहिलोपोस्ट

थ्री नेसन्स कप : फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

काठमाडौं : कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दरशथ रंगशाला जाने भएका छन्। भोलि साँझ साढे पाँच बजेबाट सुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला जाने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जनाए।

‘भोली ५:३० मा प्रम केपी ओली दशरथ रगंशाला नेपाल र बंगलादेशको फुटबल हेर्न जानुहुनेछ,’ उनले भने।

ओलीको साथमा सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि सहभागि हुने ओली निकट नेता तथा संसदीय दलका प्रमूख सचेतक भट्टराईले जनाए।

भोलि फाइनलमा बंगलादेश र नेपाल प्रतिस्पर्धा गर्दैछन्। यसअघिको खेलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल खेल हेर्न रंगशाला पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell