PahiloPost

May 15, 2026 | १ जेठ २०८३

सवारी चालकले लागु पदार्थ सेवन गरे नगरेको र्‍यापिड टेस्ट किटमार्फत परीक्षण गर्न शुरु



पहिलोपोस्ट

सवारी चालकले लागु पदार्थ सेवन गरे नगरेको र्‍यापिड टेस्ट किटमार्फत परीक्षण गर्न शुरु

काठमाडौं : महानगरीय प्रहरी परिसर ललितपुरले सवारी चालकले मादक तथा लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गर्न शुरु गरेको छ। परिसरले र्‍यापिड टेस्ट किटमार्फत सवारी चालकले मादक तथा लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गर्न शुरु गरेको हो।

प्रहरीले होलीलाई मर्यादित तथा शान्तिपूर्ण बनाउन ललितपुरका १३ स्थानमा चेकिङ गरेको थियो। सवारी चालकले मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेको गुनासोको आधारमा प्रहरीले चेकिङ बढाएको हो।

सो क्रममा परिसरले आज ४३५ सवारी चालकलाई कारबाही गरेको थियो भने १६५ सवारी साधनलाई होल्डमा राखेको थियो। त्यस्तै, ४९८ जनालाई सम्झाई बुझाई पठाएको छ।

र्‍यापिड टेस्ट किटमार्फत परीक्षण गरिएकामध्ये ३ जनामा लागु पदार्थ सेवन पोजिटिभ आएको थियो। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। सो सहित प्रहरीले कुल १६ जनालाई पक्राउ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell