PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

टुँडिखेलमा चीर दहन, सकियो काठमाडौंमा फागु

टुँडिखेलमा चीर दहन, सकियो काठमाडौंमा फागु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : वसन्तपुरमा ठड्याइएको चीर ढालिएसँगै काठमाडौंमा यस वर्षको फागु सम्पन्न भएको छ।

फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याएसँगै काठमाडौंमा फागु सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ।  फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइएको छ।

चीर जलाउनु अघि मारवाडी समुदायले समेत त्यहाँ पूजा गरेका थिए। 

चीर दहन गर्ने दिन टुंडिखेलको मध्य भागमा अवस्थित रुखमा गुरुमापा राक्षसलाई भोज खुवाउने चलन रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell