PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

काठमाडौं आइपुग्यो चीनले पठाएको ८ लाख डोज कोभिडविरुद्धको भ्याक्सिन

काठमाडौं आइपुग्यो चीनले पठाएको ८ लाख डोज कोभिडविरुद्धको भ्याक्सिन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : चीनले नेपालका लागि पठाएको कोभिड-१९ विरुद्धको भ्याक्सिन काठमाडौं आइपुगेको छ। चीन सरकारले नेपाललाई ८ लाख डोज खोप पठाएको हो।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप विमानस्थल पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्।

उक्त खोप लिन नेपाल एअरलाइन्यको वाइडबडी ३३० आइतवार दिउँसो बेइजिङतर्फ लागेको थियो। उक्त विमान खोप लिएर सोमबार बिहान पौने ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

चीनले नेपालका लागि उपलब्ध गराएको भ्याक्सिन सार्स कोभ-२ भ्याक्सिन(भेरो सेल) हो। यो खोप पनि कोभिसिल्ड झैं दुई पटक लगाउनुपर्छ। भेरो सेल सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरेको हो।

 



ट्रेन्डिङ पोस्ट

Ncell