PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

स्याङ्जामा चालकले गाडी उकालोमा रोकेर झरेपछि दुर्घटना, १० जना घाइते



पहिलोपोस्ट

स्याङ्जामा चालकले गाडी उकालोमा रोकेर झरेपछि दुर्घटना, १० जना घाइते

काठमाडौँः स्याङ्जामा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

आज बिहान वालिङ नगरपालिका वडा नम्बर ७ बिसाउनीराज स्थित चापाकोट-वालिङ भित्री सडक खण्डमा गाडी दुर्घटना भएको थियो। चापाकोटबाट वालिङ तर्फ आउँदै गरेको ग १ ख ९५९४ नम्बरको गाडी उकालीमा रोकी चालक झरेको अवस्थामा गाडी पछाडि सरेर करिब १५ मिटर सडकबाट तल झरेको प्रहरीले जानकारी दिएको छ।

गाडीमा रहेका १० जना मध्ये ८ जना घाइते र २ जना बालबालिका सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ।

छतमा रहेको दुई वटा खसी भने गाडी दुर्घटना हुँदा मरेका छन्।      



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell