PahiloPost

May 15, 2025 | २ जेठ २०८२

होलीका दिन वीरगंज–रक्सौल सीमा नाका बन्द



राधेश्याम पटेल

होलीका दिन वीरगंज–रक्सौल सीमा नाका बन्द

वीरगंज : होलीका दिन आज नेपाल भारतको सीमा बन्द भएको छ। सुरक्षा अधिकारीहरुका अनुसार चैत १६ गतेका दिन एक दिनका लागि सीमावर्ती क्षेत्रमा अपराधिक गतिविधि रोक्न दुबै देशका सुरक्षाअधिकारीहरुको सल्लाहमा अघोषित रुपमा सीमा बन्द गर्ने निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए।

उनले भने, ‘नाका पूर्ण रुपमा ठप्प पारिएको छ, मानिस र गाडी आवतजावतमा रोक लगाउने मातहतको सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ।’ पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले कुनै अप्रिय घटना नहोस वा मदिरा सेवन गरी झगडा वा एक देशमा पुरानो रिसइबी साधन अपराध गरेर अर्को देशमा भाग्न नसकियोस् भन्ने उदेश्यले भारतीय सुरक्षा अधिकारीसँगको परामर्शपछि यस्तो निर्णय भएको जानकारी गराए।

अहिले वीरगंज–रक्सौलदेखि ग्रामीण नाकामा पनि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले कडा निगरानी गरी सीमा नाका बन्द गरेका छन्। उनले सीमा क्षेत्रमा इजाजत विनाको मदिरा पसललाई पनि पूर्ण रुपमा बन्द गराउने तयारी रहेको उनले बताए। आज बिहान ५ बजेदेखि भोलि बिहान ५ बजे सम्मका लागि यस्तो निर्णय भएको हो। उनले भारतमा बढिरहेको कोरोनाको कारण पनि अगामी दिनमा उच्च सतर्कता अपनाउने सुरक्षा समितिको तयारी रहेको स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell