PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

घर नभेटेको भन्दै सीके राउतविरुद्ध अदालतले पत्रिकामा सूचना निकाल्दै जारी गर्‍यो पक्राउ पूर्जी



पहिलोपोस्ट

घर नभेटेको भन्दै सीके राउतविरुद्ध अदालतले पत्रिकामा सूचना निकाल्दै जारी गर्‍यो पक्राउ पूर्जी

काठमाडौं : जिल्ला अदालत नवलपरासीले डाक्टर सीके राउतबिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।

उनी बिरुद्ध अदालतले राज्य बिरुद्धको संगठन अपराध मुद्दामा पक्राउ पर्जी जारी गरेको हो। रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भएका राउतको घर पत्ता नलागेको भन्दै अदालतले आज गोरखापत्रमा सूचना प्रकाशित गरेको छ।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५८ को उपदफा १३ बमोजिम सूचना प्रकाशित गरेको हो। सूचना प्रकाशित भएको बाटोको म्यादले ३५ दिनभित्र उनलाई अदालतमा उपस्थित हुन भनिएको छ। म्यादभित्र हाजिर हुन नआएमा कानुनी कारबाही गर्ने चेतावनी समेत दिइएको छ।

२०७५ फागुन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरकार र स्वतन्त्र मधेश गठबन्धनबिच ११ बूँदे सहमति भएको थियो। राउत त्यसअघि  ‘नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समुचित अधिकार र मधेशको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेशको स्थापना’ को उद्देश्यमा हिँड्थे। यसैका लागि उनीसहितको समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको सार निकाल्दै ‘मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात् एलायन्स् फर् राइट्स एन्ड इन्डिपेन्डेन्स् अफ् मधेशको स्थापना गरेका थिए सन् २००६ मा।

यसैक्रममा सरकारले उनलाई राज्य बिरुद्धको अभियोगमा पटक पटक समात्दै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell