PahiloPost

May 15, 2026 | १ जेठ २०८३

काठमाडौंमा होली भन्दै एसिड हानियो, तीन जना घाइते



पहिलोपोस्ट

काठमाडौंमा होली भन्दै एसिड हानियो, तीन जना घाइते
प्रतिकात्मक

काठमाडौं : आइतवार होली खेल्ने क्रममा दुई जना किशोरले एसिड प्रहार गरेका छन्।

काठमाडौंको शंखरापुर नगरपालिकाको चापाकोट भन्ने ठाउँमा उनीहरूले सल्फरिक एसिड प्रहार गरेका हुन्। एसिड प्रहारबाट तीन जना घाइते भएका छन्। घाइते हुनेहरूमा ११, १६ र ९ वर्षीय बालकहरू रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए।

'दूध डेरीमा दूध फटाउन प्रयोग हुने एसिड राखेको रहेछ। उनीहरुले थाहा नभएर त्यसैलाई होली मनाउने भन्दै छ्यापेको देखिन्छ,' एसएसपी सिंहले भने।

घाइते तीन जनाको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले एसिड प्रहार गर्ने दुई किशोर र डेरी संचालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

त्यस्तै, हिजो बसन्तपुरमा दुई युवा समूहबिच खुकुरी हानाहान भएको थियो। सामान्य विवादमा खुकुरी तथा फलामके रड प्रहार भएको हो।

प्रहारबाट ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell