PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

खोप लगाएको तीन सातापछि एक वृद्धमा देखियो कोरोना संक्रमण



राधेश्याम पटेल

खोप लगाएको तीन सातापछि एक वृद्धमा देखियो कोरोना संक्रमण

वीरगंज : कोरोना विरुद्धको खोप लगाएका पर्साका एक जना वृद्ध तीन सातापछि संक्रमित भएका छन्। वीरगंज –२५ श्रीसियाका ६० वर्षीय वृद्ध संक्रमति भएका हुन्। ती वृद्धको नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो।

शनिवार स्वाब परीक्षणका क्रममा नतिजा पोजेटिभ आएको हो। उनलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिवार वीरगंज, विर्तास्थित एडभान्स हस्पिटल प्रालिमा भर्ना गरिएको थियो। अहिले उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ। ती वृद्धले गाउँकै स्वास्थ्य चौकीमा तीन हप्ताअघि कोभिशिल्डाको पहिलो डोज लिएका थिए। त्यसको करिब तीन सातापछि उनमा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell