PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

शहरमा कोरोनाको त्रास, गाउँमा भब्य होली

शहरमा कोरोनाको त्रास, गाउँमा भब्य होली

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : फागु अर्थात् होली पर्व आज तराई मधेशमा मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा होली छठपछिको महत्वपूर्ण पर्वका रुपमा लिइन्छ। 

फागु पर्व आज परम्परागत रूपमा रंग अबिर तथा लोला खेली मनाउने चलन छ। नेपालमा पहाडी भेगमा फागु पूर्णिमाको दिन होली मनाइन्छ भने तराई मधेशमा होली फागु पूर्णिमाको साँझ र राति सम्बत (होलीका दहन) गरेपछि शुभारम्भ हुने गरेको संस्कृति विद उमाशंकर द्विवेदी बताउँछन्।
हिजो साँझ ७ बजेदेखि १० बजेसम्म सम्बत जनाइएको थियो।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। 

फरकफरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ। होलीमा वीरगंजको शहरी क्षेत्र सुनसान देखिए पनि पर्सा, बाराको ग्रामिण भेगमा होलीको उल्लासमय दृश्य देखिएको छ। कोरोना संक्रमित पुनः देखिन थालेपछि पर्साको स्थानीय प्रशासनले होलीमा २५ जनाभन्दा बढीलाई भिडभाड नगर्न निर्देशन दिएको थियो। प्रहरी प्रशासनले आफनै घरमा होली मनाउन अपील समेत गरेको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell