PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

पूर्व प्रधान न्यायाधीशलाई अब हुन्डाईको क्रेटा, सर्वोच्च परिसरमा १४ नयाँ गाडी



पहिलोपोस्ट

पूर्व प्रधान न्यायाधीशलाई अब हुन्डाईको क्रेटा, सर्वोच्च परिसरमा १४ नयाँ गाडी

काठमाडौं : पूर्व प्रधान न्यायाधीशहरुको सुविधाका लागि एउटै मोडलको गाडी उपलब्ध गराइने भएको छ। मन्त्रिपरिषदले गरेको निर्णय अनुसार एकैखाले गाडी सर्वोच्च अदालतमा सोमवार देखियो। 

कुनै प्रधान न्यायाधीशले महँगो गाडी त कुनैले सस्तो मोडलको गाडी चढ्दै आएका छन्। आफैँ गाडी छनोट गर्ने प्रवृत्ति अन्त्य गर्नका लागि समान गाडी उपलब्ध गराउन लागिएको हो। 

सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालका अनुसार पूर्व प्रधान न्यायाधीशहरूसँग भएका गाडी जे जस्तो अवस्थामा छन् फिर्ता झिकाउने र नयाँ दिने तयारी भएको हो।

ढकालका अनुसार १४ वटा गाडी ल्याइएको छ। ल्याइएका सबै गाडी हुन्डाइ कम्पनीका क्रेटा हुन्। 

'गाडी भुतपूर्व प्रधान न्यायाधीशको प्रयोगका लागि हो,' प्रवक्ता ढकालले भने, 'उहाँहरूले आफूखुशी लगेका गाडी फिर्ता गरेर नेपाल सरकारको नीतिगत निर्णयअनुसार उपलब्ध गराइएका एकनास प्रकृतिका गाडीहरू उहाँहरूलाई बुझाउने हो,' प्रवक्ता ढकालले भने ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell