PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

लेनदेनको विषयमा सर्वोच्च अदालत परिसरभित्र नै अधिवक्ताबिच कुटाकुट



कमलराज भट्ट

लेनदेनको विषयमा सर्वोच्च अदालत परिसरभित्र नै अधिवक्ताबिच कुटाकुट

काठमाडौं : सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ता बिच कुटाकुट भएको छ।

आज दिउँसो अदालत परिसरमा अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबिच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो। सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटमा दुई जना बिच कुटाकुट भएको हो।

गुप्ताले जोशीबाट पाँच वर्षअघि एक लाख रुपैयाँ लिएको र त्यही रकमको विषयमा कुटाकुट भएको खुलेको छ। अधिवक्ता जोशीले पैसा मागेपछि दुई बिच हात हालाहाल भएको थियो। जोशीको मुखमा चोट लागेको छ। अधिवक्ता जोशीले पटक पटक पैसा माग्दा पनि गुप्ताले नदिएको बताए।

'मिल्ने साथी भनेर पैसा दिएको थिएँ। छोरी पढाउन भनेर मागेको थियो। मुद्दा मामिला केही गरेको छैन। अस्ति नगरपालिकामा भेट्दा पनि भागेको थियो। आज भेट भएर माग्दा झगडा गरेर गयो,' अधिवक्ता जोशीले भने।

घटनापछि अधिवक्ता जोशी प्रहरी कहाँ पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell