PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

देशभर प्रदुषण बढेपछि शनिवारसम्म शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

देशभर प्रदुषण बढेपछि शनिवारसम्म शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय
फाइल फोटो

काठमाडौंः सरकारले चार दिनसम्म विद्यालय विदा गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए। 

केहि दिन देखि बढेको वायु प्रदुषणलाई मध्यनगर गर्दै शिक्षा मन्त्रालयले विदा दिने निर्णय गरेको छ। परीक्षा परेको बाहेक अन्य सबै शैक्षिकसत्र बन्द गर्ने सरकारले निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वायु प्रदूषण निकै बढेको भन्दै घरभित्रै बस्न सबैलाई आग्रह गरेको छ। अचानक मौसममा आएको परिवर्तनसँगै काठमाठौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै मन्त्रालयले यसले श्वासप्रश्वासमा कठिनाई लगायत विविध स्वास्थ्य समस्याहरू देखा पर्न सक्ने बताएको छ।

भारतबाट आएको धुलो र काठमाडौं वरिपरिका जंगलमा लागेको डढेलोका कारण काठमाडौंका वायु फेरि प्रदूषित बनेको छ। यस्तै, काठमाडौँको वायु प्रदूषित हुनुको मुख्य कारण वर्षा नहुनु पनि भएको मौसमविदहरुले बताउँछन्। काठमाडौँ र आसपासका क्षेत्रमा पानी पर्ने अनुमान गरिएपनि पानी पर्न सकिरहेको छैन। जसकारण बादल त लाग्यो तर वर्षा हुन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell