PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

आफ्नै सहचालकलाई कालिगण्डकी नदीमा बगाएको अभियोगमा चालक सहित दुई जना समातिए



पहिलोपोस्ट

आफ्नै सहचालकलाई कालिगण्डकी नदीमा बगाएको अभियोगमा चालक सहित दुई जना समातिए

काठमाडौः आफ्नै गाडीको सहचालकलाई घाइते बनाएर कालिगण्डकी नदिमा बगाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले सोमबार पत्रकार सम्मेलन गर्दै हत्या गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो। प्रहरीले गल्याङ नगरपालिका वडा नम्बर ८ बंग्रान्ती बस्ने  २७ वर्षीय अमित परियार र २१ वर्षीय सहचालक सुनिल रानालाई सार्वजनिक गरेको हो।

ट्याक्टर चालक अमित श्रीमती र छोरी सहित भारत तर्फ भाग्न लागेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी निरीक्षक हरि प्रसाद पौडेलको टोलीले रुपन्देही वेलहिया नाकाबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

चैत ५ गते चालक अमित, सुनिल र सहचालक गणेश गाह्राले साँखर बाट दिनभरि बालुवा बोकी बेलुकी ८ बजेतिर फर्कने क्रममा चालकको दायाँ-बायाँ बसेका मध्ये बायाँ पट्टी बसेका सह-चालक गणेश ट्याक्टरबाट खसि घाइते भएका थिए। त्यसपछि चालक अमित र सुनिल ट्याक्टरमा राखी कालिगण्डकी साँखरघाटमा लगी नदीमा बगाएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell