PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फागुको मध्यरातमा टुँडिखेल पुगेर खुवाइयो गुरुमापालाई भात

फागुको मध्यरातमा टुँडिखेल पुगेर खुवाइयो गुरुमापालाई भात

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : फागु पूर्णिमाको राति वसन्तपुर दरबार क्षेत्रमा ठड्याइएको चीर ढलाएर तिंख्या (टुँडिखेल) मा लगेर दहन गर्ने गरिन्छ। त्यसबेलसम्म किलागल (किला घ:) टोलमा टुँडिखेलमा गुरुमापालाई भात, मासु लगायत अन्य परिकार बनाएर खुवाउन लग्ने तयारी भइरहेको हुन्छ। आइतबार पनि राति किलागलका स्थानीय भात खुवाउन लग्ने तयारीमा जुटे। किलागलको महर्जन गुठिले हरेक वर्ष झै यसपटक पनि इतुम्बहा: स्थित केशचन्द्र विहार छेउको भूतुक्यवमा भात सहित चौरासी ब्यञ्जन तयार पारेका थिए। 

फागु पूर्णिमाको मध्यरातमा काठमाडौंको किलागतबाट नमीज महर्जन काँधमा दुईवटा 'पीचा' बोकेर अघि बढे। उनी सँगसँगै थिए स्थानीय र  नाय्खिं बाजा बजाउँदै गरेका युवायुवती। यसरी गुरुमापालाई भात खुवाउन लग्ने गर्छन्।

एउटा पीचामा ५ पाथी र  अर्को पीचामा १५ पाथी भात बोकेर महर्जन टुँडिखेल पुगेका थिए। टुँडिखेलमा पूजापछि मासको दाल र मासु भातमा चढाइएको थियो।

कथन अनुसार केशचन्द्रले आफ्नो भारी बोकाउन शक्तिशाली नरभक्षी गुरुमापालाई घरमा राखेका थिए। गुरुमापाले भने केशचन्द्रको टोलका बालबालिकालाई अपहरण गरेर खान थाले। यो कुरा थाहा भएपछि स्थानीयले विरोध गरे। जसअनुसार गुरुमापालाई शहर बाहिर लग्ने सहमति भयो। सहमति अनुसार गुरुपामालाई टुँडिखेलको खुला चौरमा राखिने र उसलाई फागु पूर्णिमाको दिन दाल, भात सहित ब्यञ्जन खुवाउने निर्णय भयो। त्यही कथन अनुसार अहिले पनि हरेक वर्ष फागु पूर्णिमाको रात गुरुमापालाई भात खुवाउन लग्ने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell