PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

प्रधानमन्त्री आउने भएपछि रंगशालाको सुरक्षा व्यवस्था कडा, प्यारापिटमा कुकुर दौडाउँदै प्रहरी

प्रधानमन्त्री आउने भएपछि रंगशालाको सुरक्षा व्यवस्था कडा, प्यारापिटमा कुकुर दौडाउँदै प्रहरी

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दरशथ रंगशाला आउँदै छन्। प्रधानमन्त्री ओली आउने भएपछि रंगशालाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

रंगशालामा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। रंगशालामा व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालक गरिएको छ। त्यस्तै, रंगशालामा प्रहरी तथा सेनाको कुकुर पनि तैनाथ गरिएको छ।

आज साँझ साढे पाँच बजेबाट शुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु रंगशाला आउने बताइएको छ। ओलीको साथमा सुवास नेम्वाङ लगायतका नेता र केही मन्त्री पनि सहभागि हुने कार्यक्रम रहेको छ।

आज हुने फाइनलमा बंगलादेश र नेपाल प्रतिस्पर्धा गर्दैछन्। यसअघिको खेलमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल खेल हेर्न रंगशाला पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell